काठमाडाैंकाे प्राचीन शहर कीर्तिपुर र हाेम स्टे

Published on by Shankar Thapa

विक्रम सम्बत १८२४ मा पृथ्वी नारायण शाहकाका गाेर्खाली सेनाले बहुतै मुस्किलले, काठमाडाैं उपत्यकाकाे कीर्तिपुर नगर हात पारेका थिए । त्यतिखेर पृथ्वी नारायण शाहका सबल गाेर्खाली सेनालाइ दुइ पल्ट समेत पराजयकाे तीताे स्वाद चखाउन सफल भएपछि कीर्तिपुरेहरूकाे प्रसंशा चाैतर्फि हुन थालेकाे थियाे ।  इतिहासमा वीर याेध्दा र बहादुर सैनिकीकाे तारीफ लेखियाे । कीर्तिपुरेहरूकाे त्याे शाहसिक वीर गाथालाइ इतिहासकाे पानामा समेटेर अटल राख्न भने तत्कालिन शासकहरू असफल भएका हुन् वा नचाहेका हुन् त्याे गर्भ कै कुरा थियाे । तेश्राे पल्टकाे अाक्रमणमा कीर्तिपुरेहरूले केबल हार मात्र सहनु परेन, अाफ्नाे  नाक र कान समेत कटाउनु परेकाे थियाे । उनीहरूले सामान्य युद्ध नीतिकाे समेत अपमान हुनेगरी अाफ्नाे घाेर बेइज्जत गरेकाे महसूस गरी हीनता बाेध भएकाेले त्यतिबेला देखि नै उनीहरूले कुनै सरकारी सेवामा समेत प्रवेश गर्न रूचाएका थिएनन् ।

गाेर्खाली सेनाले अनेकाै तिकडम गरेर अाखिरमा  जित हासिल गरे पनि अाफ्ना  सेना प्रमुख गुमाउनु परेकाे तिताे सत्यलाइ बिर्सन नसकेर कीर्तिपुरेकाे त्याे  अदम्य साहसकाे वीरगाथालाइ तत्कालित शासकहरूले अाेझेलमा  मै पार्न नखाेजेका हाेइनन् । नेपाल भित्रै लुकाउन खाेजिएकाे त्याे कीर्तिपुरेकाे साहसिक कथालाइ विदेशका लेखकहरूले अाफ्ना कृतिहरूमा समेटेकाे पाइन्छ । अाफ्नाे प्याराे बस्तीका लागि पानी बिना लडाइ गर्न सक्ने क्षमता भएका कीर्तिपुरेकाे त्यस्ता कथाहरू सुनेर र पढेर धेरै पर्यटकहरूलाइ कीर्तिपुर एउटा सपनाकाे सहर सावित भएकाे छ । सरकारी तवरबाट भएकाे प्रचार प्रसार प्रायः शुन्यकाे स्थितिमा पनि बर्षेनि हज्जाराैकाे संख्यामा  विदेशि पर्यटकहरू याे शहर हेर्न अाउनाकाे एउटा कारण पनि यहि हाे  । याे क्रम र संख्याले अहिलेसम्म पनि नियमित र गुणात्मक नै नतिजा दिइ रहदाँ, अान्तरीक पर्यटकहरूकाे संख्या पनि दिनानूदिन बढ्दै गइरहेकाे कुरालाइ नकार्न भने सकिदैन ।

 

 

नेपालकाे यात्रा गर्न अाएका विदेशि पर्यटकहरूले अाफ्ाे यात्रा समयकाे केहि थाेरै अंशमात्र कीर्तिपुरलाइ छुट्याउनु पर्ने बाध्यता त्यस कारण पनि बनेकाे छ कि कीर्तिपुरमा रात बिताएर बस्न सकिने सुबिधा सम्पन्न व्यवसायिक  हाेटेलहरू पनि बनेका छैनन्  ।  याे टडकाराे खाँचाेकाे  महशुस गरी केहि वर्ष यता देखि स्थानीयले हाेमस्टे सन्चालनमा ल्याएका छन् । हाल यहाँ करीब ६ वटा हाेम स्टेलाइ कीर्तिपुर कम्युनीटि हाेमस्टे अन्तर्गत संचालनमा ल्याइएकाे छ । यस कीर्तिपुर कम्युनीटि हाेमस्टेमा अहिले जम्मा जम्मि ३० वटा जति काेठाहरू रहेका छन् ।

स्थानीय वासिन्दाहरूकाे दैनिकी र परम्परागत रहनसहन प्रत्यक्ष हेर्न पाइने भएकाेले विदेशि पर्यटकहरू पनि हाेम स्टे तर्फ अाकर्षित हुनु स्वभाविक नै हाे । यस्ता हाेमस्टेले एक त पर्यटकलाइ सुबिधा हुने र अर्काे स्थानीयलाइ पनि राेजगारी बन्ने दाेहाेराे फाइदा हुने देखिन्छ । थाेरै काेठाहरूबाट पनि शुरू गर्न सकिने   हाेमस्टे व्यवसाय कीर्तिपुरमा अहिलेकाे अवस्थामा फैलदै जानु भनेकाे अार्थिक तथा पर्यटकीय दृष्टिकाेणबाट पनि सक्षम बन्दै जानु हाे ।

कीर्तिपुर कम्युनीटि हाेम स्टेकाे विकासमा अाफ्नाे अमुल्य याेगदान दिने र विदेशी तथा स्वदेशी पर्यटकहरूलाइ वीर नगरीकाे परीचय गराउने एक प्रमुख व्यक्तित्व, स्थानिय मंगल माध्यामिक विध्यालयका पूर्व प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय खाे खाे खेलका प्रमुख प्रशिक्षक श्री प्रदिप महर्जन ज्युकाे बिचार यहाँ सान्दर्भिक हाेला ।

हुन पनि प्राचीन काठमाडाैंमा हुने गरेका अन्य राज्यहरू मध्ये कीर्तिपुरकाे बिशेष स्थान भएकाे कुरा इतिहास साक्षि छ । यसै  लुकेकाे सत्य र एतिहासिक बीरगाथालाइ उजागर पारी स्वदेशी तथा बिदेशी पाहुनाहरूलाइ  सूचना दिन सके पनि हाेम स्टेले देशकाे अर्थतन्त्रमा घनात्मक संकेत प्रदान गर्नेछ भन्नुमा कुनै अत्युक्ति नहाेला ।

To be informed of the latest articles, subscribe:
Comment on this post
S
Buy Earphones at Cheapest Price with Amazing Quality<br /> https://seventysevenstyle.com/collections/wired-products/products/seventy-seven-e102-in-ear-headphone
Reply