एैतिहासिक गैरवगाथा र राहत वितरण

Published on by लाेक दर्शन अनलाइन

काेराेनाकाे त्रासले तर्सिरहेका देशका नागरीकहरूलाइ सम्बन्धित स्थानीय निकायहरूबाट  गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदा पाेलेकाे घाउमा नून छरे झै हुनु स्वभाविक नै हाे । केहि दिन अघि देखि नै  राहत वितरणका बारेमा  चलेकाे स्थानिय पत्र पत्रिका र ठूला पत्रिका बीचकाे राहत दाेहाेरीले  सामाजिक संजाल भरिएका छन् । कसले के गर् याे  र  कसले के भन्याे भन्नु भन्दा पनि राज्यकाे ढुकुटिबाट वितरण गरीएकाे राहतबाट दैनिक राेजगारी गरी पेट पालेर बस्ने निमुखा वर्गहरू बन्चित हुनु हुँदैन, चाहे ती विदेशी नै किन नहुन् । निस्वार्थ रूपमा काम गर्दै जाँदा यदाकदा  तीतामीठा बातहरू सुन्नमा अाउनु अस्वाभाविक भने पक्कै हैन ।  नागरीकता र बसाइ प्रमाणपत्र अावश्यकताका अाधारहरू हुन् तर अनिवार्यतामा राखिनु भने कदापी हुँदैन । राजनैतिक बिचार विभेदलाइ बिर्सेर संसारभर छरीएर रहेका नेपालीहरूलाइ साेहि साेहि देशले अापद्कालिन राहत मानवीयताका अाधारमा दिइरहेका हुन्छन्  भने हामीले नेपाल भित्रै यस्ता संकिर्ण विचार पालेर रहनु एक्काइसाै शताब्दी पटक्कै सुहाउँदैन ।

देशका राजमार्गहरूमा अाफ्ना लाला बाला र पाेका पन्तरा च्यापेर, फुटेका कुर्कुच्चाबाट रगत बगाउँदै भाेकभाेकै खालि खुट्टा  हिडिरहेका नेपालीहरूलाइ भेटेका स्थानियहरूले यथासम्भव खानेकुरा बाँडेका, निकट भबिष्यमा हुने चुनाबमा भाेट हालेर जिताइदेलान् र मन्त्री बनाैंला भनेर त पक्कै हैन हाेला । इतिहासमा राजनैतिक प्रतिशाेधका कारण गुमेकाे नाकलाइ उदाहरणीय कार्यगरी अब जाेगाइराख्नु अपरीहार्य अावश्यकता हाे । इतिहासकाे गाैरवतालाइ हाम्राे पुस्ताले बिर्सनु हुँदैन ।

विश्व विषम परिस्थितिमा गुज्रिरहेकाे अवस्थामा व्यक्तिगत स्वार्थमा डुबेर राहतकाे नाममा मानवीय मुल्य  मान्यतालाइ भुलेर कुनै क्र्याइटेरीया राख्नु केवल मानसिक संकिर्णता मात्र हाे भन्नुमा कुनै अत्युक्ति नहाेला ।

To be informed of the latest articles, subscribe:
Comment on this post

Seventy Seven 04/18/2020 13:46

Buy Earphones at Cheapest Price with Amazing Quality
https://seventysevenstyle.com/collections/wired-products/products/seventyseven-e800-extra-rounded-bass-in-ear-headphone-3-button-universal-remote-with-mic-3-5-mm-metal-jack-snug-fit-lightweight-with-carry-case-and-2-pair-eartips-fiery-orange-red