गंगा महर्जन अब नेपाली गीत तर्फ

Published by लाेक दर्शन अनलाइन

नेपाल भाषाका विभिन्न लाेकप्रीय गीतहरू गाएर सांगितिक जगतमा आफ्नाे बेग्लै पहिचान कायम गर्न सफल भएकी छिन्  गायिका गंगा महर्जन । मानिसहरूकाे इच्छा असिमीत हुन्छ भन्छन्, एफ् एम् मा कार्यक्रम संचालन समेत गरी कमाएकाे अहिलेकाे लाेकप्रीयताले मात्रले पुगेन उनलाइ । नेपाली गीतहरू पनि गाउने उनकाे धाेकाे, नेपाल संवत ११४१ को नयाँ वर्षले पूरा गरीदिएकाे छ ।

यसै  अवसरमा  उनले पहिलाे  नेपाली भाषाको गीत ै न आशा भो तिम्रो न त हुने भाे कुनै भर ै  बसन्त बित्यासी थापाको शब्द र राजु सिंहकाे संगीतमा रेकर्ड गराइ र  म्यूजिक भिडियाे समेत सार्वजनिक गर्न सफल भइन् । नेवाः एफएम लगायत् नेवाः एचडी टीभीमा कार्यक्रम सञ्चालिका समेत रहेकी गायिकाले याेे भन्दा पहिला नेपाल भाषाकाे  आफ्नै  सोलो एल्बम स्वनिगःया नेवाः विमोचन पनि  गरेकी थिइन्  ।

 

अति नै मीठाे भाव भएकाे यस गीतकाे स्तरीय  संगीतले अाशा गराै, निकट भविष्यमै चर्चित गीत बन्न पुग्नेछ । उत्कृष्ट शब्द संयाेजन र संगीतकाे माधुर्यतालाइ सुमधूर स्वरले मूर्तरूप  दिन गायिका गंगा महर्जनले कुनै कसर छाडेकी छैनन् ।

To be informed of the latest articles, subscribe: