प्रेस विज्ञप्ति (२०७६ माघ २१)

Published on by लाेक दर्शन अनलाइन

सम अादरणीय अाम नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

देशमा भै रहेकाे अत्याचार, अन्याय र विदेशी हस्तक्षेप विरूद्ध नबाेल्नु अाफैंमाथि थप अन्याय गर्नु सरह हाे । जसरी थाेपा थाेपा पानी मिलेर समुद्र बन्छ, त्यसरी प्रत्येक एक एक नेपालीले सेाचे, ध्यान दिए र बाेले अवश्य केहि हुनेछ । अहिले जनता विभाजित छन् अास्थाका अाधारमा, समाज विभाजित छ दलकाे नाममा, सिंगाे मुलुक विभाजित छ राजनीतिकाे नाममा । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानकाे रक्षा के सबैकाे साझा स्वार्थ बन्न सक्दैन र ? हाे यहि प्रश्न खाेज्दै अाम नेपाली माझ राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिकाे रक्षार्थ अावाज लिएर पुग्ने उद्देश्यकासाथ याे पार्टी अघि सरेकाे हाे ।

मुलुक अझै पनि संक्रमणबाट नै गुज्रिरहेकाे छ । विक्रम सम्वत २००७ साल देखि हामी लगभग दशक बिराएर विभिन्न परीवर्तन हुँदै गज्रिरहेका छाैं । तर परीवर्तन मात्र सबथाेक हैन, राज्य संचालन बिधि महत्वपूर्ण हाे भन्ने पुष्टि बारम्बारकाे परीवर्तनले गर्दै अाएका छन् । नेपाल दक्षिण एशियाकाे मात्र नभै विश्वकै पुरानाे देशकाे रूपमा उभिएकाे छ । कहिल्यै कसैकाे दास बन्नु नपरेकाे गाैरवमय इतिहास हामीसंग छ । याे देश परापूर्व कालमा ऋषीमुनीहरूकाे पवित्र स्थल देखि नेपाल एकिकरण पूर्व  र त्यसपछि धेरै उतारचढावहरू अाए तर न मेटियाे नत मासियाे नै । नेपाल देश चिनिदा देखि नै सनातन हिन्दु राष्ट्रकाे पहिचान बनाएकाे नेपालले अब त्याे परिचय गुमाएकाे छ । किन त्याे परीचय गुमाउन पर् याे त्यसकाे जवाफ दिन काेहि पनि अगाडि अाउन सकेका छैनन् । पुनर्स्थापित संसदकाे एउटा बैठकले नेपालकाे धेरै परीचयलाइ बलात हटायाे, किन हटायाे ? किन बाेल्दैनन् राजनीतिका यी ठेकेदारहरू ? घर्म हराए संस्कृति मेटिन्छ , संस्कृति मेटिए पहिचान हराँउछ, पहिचान हराए जाति हराँउछ, जाति हराए मुलुक बाँकी रहला त ? याे अवस्था किन भित्रिदैछ याे मुलुकमा ? शान्तिगामी र सामाजिक सद्भावकाे गतिलाे उदाहरण बनेर बसेका नेपाली नेपालीबीच वैमनश्यकाे खाडल नदेखिने गरी खनिन थालिएकाे छ । यसप्रति अब हामी सचेत बन्ने कि नबन्ने ? 

त्याे एक समय थियाे मुलुकले खाद्यान्न लगायत धेरै वस्तुहरू निर्यात गर्थ्याे तर अहिले केबल अायात मात्र बढ्दा देशकाे अर्थतन्त्र चाैपट बनिरहेकाे छ । भान्सा देखि धुरीसम्म र बजार देखि गाँउसम्म विदेशि वस्तुले भरीन थालेकाे छ ।  खेतबारी बाँझाे  राखेर, गाेठहरू रित्ताे राखेर, गाँउघर सुनसान पारेर खाडी तिर खनिने युवाहरूकाे लर्काे राेकिएकाे छैन । त्यहि विदेशिएका युवाहरूले पाएकाे रेमिट्यान्समा रमाउने सरकारले मुलुकलाइ कुन समृद्धि दिन खाेजेकाे हाे ? निर्लज्ज विदेशी हस्तक्षेप, राष्ट्रिय सवालका विषयमा देखिएका कमजाेर निर्णयहरू, सत्ताकालागि हुने फाेहाेरी खेल, राष्ट्रिय गाैरवकाे अायाेजनामा देखिएकाे कमिशनकाे खेल, सरकारी सबै निकाय भ्रष्टाचारमा चुर्लुम्म डुब्न र सुशासनकाे बढ्दाे अभावले मुलुक कतातिर गइरहेकाे छ ? याे गम्भीर भएर साेच्नु पर्ने बिषय बनेकाे छ । 

 " नेपाल राष्ट्रिय सनातन पार्टी अाम नेपालीलाइ एकै सुत्रमा उनेर सनतनी परम्पराकाे रक्षा गर्दै हिन्दू धर्म संस्कारकाेे परिचय र पहिचानमा अाँच अाउन नदिन सदैब क्रियाशिल रहने छ । हिमाल, पहाड र तराइ बीचकाे अनाेन्याश्रित सम्बन्धमा खलल ल्याउन खाेज्ने तत्वहरू सक्रिय रहेकाेले त्यस्ता तत्व विरूद्ध अाम नेपालीलाइ सचेत गराइ राष्ट्रिय एवं सामाजिक एकता र अखण्डताकाे जगलाइ थप मजबूत बनाइ यहि  अापसि भाइचारा र सद्भावलाइ अझै परीपक्व बनाएर मुलुक निर्माणकाे एकिकृत प्रयासलाइ बढावा दिने । हरेक नेपाली नागरीक जाेसंग नागरीकता पाउने अधिकार छ, उनीहरूले नागरीकता पाउनु पर्छ, नेपाली नागरीककाे नाममा जथाभावी नागरीकता वितरणले राष्ट्रियता माथि गम्भीर प्रश्न खडा गरेकाे छ । नेपाल राष्ट्रिय सनातन पार्टी राष्ट्रियता माथि खेलवाड गर्ने याे प्रवृति विरूद्ध खराे ढंगबाट पेश हुनेछ ।"

मूलुक किन संकटमा फस्दैछ ?

जन्म देखि नै स्वाधीन र स्वतन्त्र मुलुक नेपाल अहिले दिनानुदिन पराधिन बन्दैछ । चाकडि र लम्पसारवाद अहिले सत्ता स्वार्थकाे पहिलाे र प्रमुख हतियार हाे । हाम्रा पूर्खा बलभद्र र भक्ति थापाले नालापानीमा भाेक प्यासलाइ थाती राखेर मुलुककाे रक्षा गरेकाे गाैरवमय इतिहासका पानाहरू च्यातिन खाेजिदा पनि लाचार भै सहेर बस्न सक्ने भएकाे छ अहिलेकाे सरकार । नेताहरू तथा नीति निर्माण तहका व्यक्तिहरूकाे गैर जिम्मेवारीका कारण  देश संकटमा फस्दै गएकाे अवस्थामा अाम नेपालीलाइ सचेत बनाउन अब नेपाल राष्ट्रिय सनातन पार्टी सक्रिय बन्ने छ । राष्ट्रिय गाैरवका मासिएका उद्याेग धन्दा र कल कारखाना पुनर्स्थापना गरी पर्यटन प्रबर्धनमा दह्राे कदम चालेर विदेशीन बाध्य भएका युवाहरूलाइ स्वदेशमै राेजगारी श्रृजना गराउन दत्तचित्त भै लाग्नु परेकाे छ ।

सनातन पार्टीकाे अादर्श

सनातनि परम्परा नेपालकाे वास्तविक परीचय हाे । नेपाली समाजलाइ अनुसाशन र अादर्शमा बाँध्ने परम्परा नै नेपालकाे सनातनी परम्परा हाे । अादिकाल देखि नै ऋषिमुनीहरूकाे तपाेभूमी मात्र नभइ देवभूमिकाे रूपमा मान्यता पाएकाे नेपालमा परम्परागत मूल्य मान्यताले अझै पनि विश्राम लिएकाे छैन । तर यसाे भन्दैमा ढुक्क परेर बस्ने अवस्था भने रहेन । नेपाली संस्कृति र संस्कार एवं मूल्य मान्यता माथिकाे निरन्तर प्रहारकाे एउटा कडीका हाे  ैधर्म निरपेक्षता ै। यसैकाे अाडमा नेपाल र नेपाली माथि गीर खेल्ने क्रम जारी रहेकाेले अाफ्नाे मूल्य मान्यता र धर्म संस्कृतिकाे रक्षार्थ अब अाम नेपाली एक ठाँउमा उभिनु अावश्यक भै सकेकाे  छ । 

वैदेशिक नीतिमा  पन्चशील सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाइ प्राथमिकताका साथ अवलम्बन गरी, युवाहरूलाइ स्वराेजगार गराइ खेलकुद तथा राष्ट्रिय प्रतिष्ठा अभिबृद्दि गर्ने कार्यमा संलग्न गराउने । स्तरीय  शिक्षा र प्राबिधिक बिषयहरूकाेअध्ययन सामान्य नागरीककाे पहुँच भन्दा बाहिर नजाने गरी नीजि र सामुदायिक विद्यालयहरूमा देखिएकाे अन्तर  र अन्य  शैक्षिक विकृतिहरू निर्मूल पार्ने ।

नेपाली हामी रहन्छाै कहाँ नेपालै नरहे ?

अहिले मुलुकका सार्वभाैमिकता माथि सर्वत्र अाक्रमण बढेकाे छ । सीमा मिचिएकाे मात्र छैन नेपालले अन्तर्राष्ट्रिय मन्चमा नै स्वतन्त्र मुलुककाे छवी गुमाउने सम्भावना बढ्देा छ । नेपालकाे अान्तरीक राजनीतिमा खुलेअाम हस्तक्षेप स्वीकार गरेर रानीतिक दलहरूले गरेकाे गल्तीले मुलुक एक पछि अर्काे संकटमा फस्दैछ ।  पृथ्वी नारायण शाहकाे याेगदानले एउटै सुत्रमा उनीएकाे मुलुक नेपाल माथि बढ्दाे संकट प्रति सचेत नबने पराधिनता स्वीकार गर्नु पर्ने जस्ताे लज्जास्पद र मृत्युतुल्य अवस्था वरण गर्नु पर्ने सम्मकाे अवस्था नअाउला भन्न सकिन्न । त्यसैले राष्ट्रियताकाे लागि अाम नेपालीले गम्भीर भएर साेच्नु पर्ने भएकाे छ  । 

जय मातृभूमि, जननि जन्म भूमिश्च स्वर्गाद्धपि गरियसी .....

 

To be informed of the latest articles, subscribe:
Comment on this post
S
Buy Earphones at Cheapest Price with Amazing Quality<br /> https://seventysevenstyle.com/collections/wired-products/products/seventy-seven-e700-in-ear-headphone-4d-deep-bass-3-button-universal-remote-with-mic-3-5mm-metal-jack-snug-fit-lightweight-free-carry-case-and-2-pair-extra-ear-tips
Reply