अाअाेमाेरी र हाचिनाेहे

Published by Lok Darshan Online

             अाअाेमाेरी र हाचिनाेहे 

 

सन् १९९६ काे  अगष्ट महिना दाेश्राे साताकाे बिहिबारकाे दिन थियाे । अाेबाेन यासुमी (पितृ सम्झनाकाे बिदा) काे  एकहप्ता लामाे बिदा थियाे । हाम्राे नेपालकाे साेह्र श्राद्दकाे याद दिलाउने बिदा । अाफ्ना मरेर गएका पुस्ताहरूलाइ सम्झेर, उनीहरूकाे अाेहाका (अस्तु गाडिएकाे स्थान) मा गएर सफा गरी, प्रार्थना गर्ने र मृतककाे मनपर्ने खाना चढाउने र घरमा रहेकाे मृतककाे फाेटाे सजिएकाे काेठामा सर सफाइ गरी धूप बालेर हात जाेड्दै सम्झना गर्नकाे लागी अगष्ट १३, १४ र १५ तीन अाेबाेन यासुमी (पितृ सम्झनाकाे बिदा) का  दिन सरकारी तवरबाटै याे बिदाकाे व्यवस्था गरीएकाे हुन्छ । सम्पूर्ण कल कारखानाहरू सरकारी अफिसहरू सबै ठाँउमा  ७ देखि १० दिनसम्म बिदा रहने भएकाेले धेरै जसाे जापानीहरू पितृकाे काम सकेर बैदेशिक यात्रामा जान्छन् । काेहि अान्तरीक भ्रमणमा व्यत रहन्छन् । अाेबाेन अर्थात् पितृ सम्झना जापानमा सन् १९४५ काे दाेश्राे विश्व युध्दमा  अमेरीकाले हिराेशिमा, नागासाकी तथा अाेकिनावा प्रान्तमा अाणविक बम परीक्षण गरेर तहसनहस पारी लाखाै लाख मानिसहरू मारीदिएकाे थियाे । यसै हृदय बिदारक घटना पछि त्यहि तिथीमा पारेर याे अाेबाेन भनेर मनाउन शुरू गरीएकाे थियाे । हाम्राे अफिस चाहिं ११ तारीक देखि नै बिदा भै सकेकाे थियाे । हामीहरू पनि अाअाेमाेरी प्रान्तकाे हाचिनाेहे शहर र वरपरका स्थानहरू घुम्ने याेजना अनुसार  शुरूकाे दिन सबैरै उठ्याै ।

परापूर्वकालमा अाअाेमाेरी प्रान्तमा धेरै ससाना राज्यहरू हुने गर्थे । हाचिनाेहे पनि त्यस मध्येकाे एक हाे । यहाँ हे काे नेपाली अर्थ हुन्छ ढाेका अथवा द्वार । पहिले ढाेका, दाेश्राे ढाेका.......अाठाैं ढाेकालाइ भनिने शब्द हाे (हाचिनाेहे) । नेपालका एक कुशल मार्सल् अार्टस् खेलाडी संघरत्न महर्जन,हरी सुवेदी र म बिहानकाे नास्ता खानासाथ रेल चढेर साइतामा प्रान्तकाे कावागुचि स्टेसन तर्फ लाग्याै । निर्धारित समय मै कावागुचि स्टेसनमा नेपालका प्रसिद्द गायक तथा संगीतकार एवं लाेकप्रिय लाेक गायक सुर्य थुलुङ, श्रीमति सरस्वति थुलुङ, अाेगाटा केन, दीपक थापा र अाफ्नी छाेरी काजाेए च्यान टाेकियाेकाे एउटा विश्व बिध्यालय कि बिध्यार्थी पनि हुन  समेतलाइ लिएर उएनाे सान (अन्दाजी बर्ष ६०) हामीलाइ नीलाे रंगकाे ठूलाे टाेयाेटा काे पजेराे ९ जना चढ्न सकिने गाडिमा पर्खेर बसिरहेका थिए ।

 

हामी सबैमा अाैपचारीक परीचय भैसकेकाे हुनाले साधारण कुराकानी पछि  बाटाेमा जाँदा पिउनका लागी केहि  हल्का पेय पदार्थका साथ बियर र स्न्याक्सहरू किनेर गाडि चढ्याैं ।  टाेयाेटाकाे पजेराे  गाडिले  बिशाल फराकिलाे ६ लेनकाे द्रुतमार्ग ( Expressway )  समाति सकेकाे थियाे । गाडिकाे स्पिड मिटरले १०० नाघि सकेकाे थियाे, सबै जना संगै लगेकाे खानेकुराहरू खाँदै पिउँदै गफमा मस्त हुन थाले । करीब ४ घण्टा जति हुइँकिए पछि इवाते प्रान्तकाे माेरीअाेका पार्किङ र  सर्भिस एरीयामा गाडि राेकियाे । धेरैबेर गाडीमा बस्दा खुम्चिएका खुट्टाहरू तन्कायाैं, दिउँसाेकाे खाना खायाैं । बाटाेका लागी भनेर फेरी केहि ड्रिङ्कस् र स्न्याक्सहरू किनेर फेरी अगाडि बढ्याैं । अब भने ड्राइभिङ सिटमा केनजी हुनुहुन्थ्याे । एकैजनालाइ धेरै लामाे ड्राइभिङले पट्यार लाग्ने भएकाेले उएनाे सानलाइ  पालाे दिएकाे हुनुपर्छ । बिना कुनै ट्राफिक लाइटहरू, बिशाल फराकिलाे ६ लेनकाे  त्याे  द्रुतमार्ग ( Expressway ) लाइ हामीले हाचिनाेहेकाे निकास सम्म प्रयाेग गर्याैं ।बिहान देखि   करीब ७०० किलाे मीटरकाे त्याे दूरीलाइ झण्डै ७ घण्टा जतिमा पार गरीसकेपछि अब  साधारण बाटाेमा अाेर्लिएका छाैं । अाधा घण्टा जतिकाे ड्राइभ पछि हामी उएनाे सानकाे घरमा पुग्याै । गाडीबाट अाअाफ्ना सामानहरू अाेरालेर अाेजामासिमास भन्दै घरभित्र पस्याैं । घरमा वहाँकी जेठी छाेरी ( उमेरमा हामी भन्दा केहि कान्छी जस्ति देखिन्थिन ) ले हाँस्दै सबैलाइ स्वागत गरीन् ।

 

केहिबेरकाे  भलाकुसारी पछि उएनाे सानकाे  स्वर्गीय श्रीमतीकाे फाेटाेमा हामी सबैले पालै पालाे प्रार्थना गर्याै र धेरै समय लगाएर तयार गरीएकाे जस्ताे लाग्ने खानेकुराहरू ल्याएर दीदी चाहि अाइन । सुशि (काँचाे माछाका स्लाइस), बंगूरकाे र कुखुराकाे मासु पनि पातलाे स्लाइस पारेर काटीएका, बन्दा, गाेलभेंडा, च्याउ, प्याज, लसुन (स्थानिय) का ठूलाठूला पाेटीहरू, हरीया खुर्सानी, फर्सि, अालु र ल्याक्टसका पातहरू प्रसस्तै ल्याएर सबैकाे अगाडीकाे टेबुल सजाइन । संगैकाे अर्काे टेबुलमा चाहि मासु पाेल्दै खाने एउटा ठूलाे इलेक्ट्रीक प्यान थियाे । त्यतिबेला नै नाताले उएनाे सानकाे साला क्यान बियरका २  वटा ठूला कार्टूनहरू लिएर अाइपुगे । सबैसंगकाे परीचय पछि फटाफट मासु पाेल्न तिर लागे । स साना प्लेट र हासि (चपस्टीक) सबैलाइ दिइयाे । तात्ताताे पाेलेकाे मासुसंगै बियरकाे चुस्कि लिन थाल्याै । लामाे यात्रा पछिकाे थकाइ सबै मेटियाे । अत्यासै लाग्ने मासुकाे रास खाँदा खाँदै पूरै सकिएछ । रातीकाे खाना खान नसकिने भै सकेका थियाै । त्यसपछि खराअाेके ( गीत गाउने ) ठाँउमा जाने निधाे भयाे । दीदिले अल्काेहल नपिएकी हुनाले सबैलाइ नजिकैकाे खराअाेके सम्म २ खेप गरेर पुराइदिइन् । सबैजना पालै पालाे गीत गाँउन लागे जापानी गीतहरू सबैले गाउन नसक्ने, सुर्य जी र भाउजुले धेरै गीतहरू गाउनु भयाे, मैले पनि जानेकाे २ वटा गीत जसाेतसाे गाएँ, त्यहाँकाे प्रचलित गीतहरू सबैले समुहमा गाइयाे  ।

भरपूर मज्जा लिइदै थियाे,  रातीकाे १२ बजेसम्म मात्र रहेछ त्याे गीत गाँउने ठाँउ । त्यसपछि २ वटा ट्याक्सि बाेलाइयाे र अर्काे पसलमा जाने भइयाे । याे खराअाेके भने केहि हाेलाे थियाे,  रातीकाे १२ नाघिसकेकाेले पनि हाेला ।  केहिबेर मै हाम्राे ग्रुपकाे अलावा अन्य फुटकर व्यक्तिहरूमात्र थिए पसलमा । संघरत्न ज्युसंग मेराे मीतेरी साइनाे पनि भएकाले हामी अाफ्नै तालका नेपाली गीतहरू गाउन थाल्याै । कान्छीलाइ घुमाउने काठमाण्डु शहर, रेसम फीरीरी गायाै । सरस्वति भाउजुले पनि धेरै जापानी गीतहरू गाउनु भयाे । जापानी गीतहरूका अलावा अाेगाटा केनले चाहि सुर्य थुलुङ जीकाे सारै पार्याे अाज मलाइ गाउनु भयाे । त्यहाँ अन्य ग्राहकहरूले पनि हाम्राे बडाे चाख पुर्बक सुनेर थपडी बजाउँदै संगै नाच्नै गर्न थाले । समय तुरन्तै सकिएछ, अन्तिम भनेर पसले साहुले संकेत गर्याे, त्यसपछि सुर्य र भाउजुले माछि मारन हाे .. गाउनु भयाे हामी सबैले साथ दियाैं । मितज्युकाे जाेशिलाे नाँच पनि धाेकाे पुग्ने गरी हेर्दै  रमाइलाे गरी सकेपछि फेरी फाेन गरेर दीदिलाइ बाेलाइ घरमा फर्कियाैं । भाेलीपल्ट बिहान अबेर सम्मै सुतिएछ । बिहानकाे नास्ता घरमै तयारी भै सकेकाे थियाे । माछा, अम्लेट, मिसाेसिरू र मुलाकाे सिन्की अचारका टुक्राहरू सहितकाे तात्ताताे भात  सानाे २ कचाैरा जति खाएपछि, २ वटा गाडीमा सबैजना नजिकैकाे समुद्रि मन्दीर खाबुसिमा भन्ने ठाउँमा गयाै । ३० मीनटकाे ड्राइभ पछि समुद्री किनारामा अवस्थित सानाे टापूकाे टुप्पाेकाे मन्दीरमा उक्लियाै । टुप्पामा उमीनेकाे (समुद्री बिरालाे) काे संज्ञा दिइएकाे सेता रंगका चरा बिरालाेकाे स्वर गरी कराउँदै उडेकाे देखियाे । अाहार हातमा राखिदियाे भने हातबाटै टिपेर लैजाने गर्थे । त्यसपछि हामी सबै जना अाअाेमाेरीकाे उत्तरी क्षेत्रमा पर्ने चुनारू समुद्रितट तर्फ लाग्याै । बहुतै रमाइलाे याे समुद्री क्षेत्रका बारेमा धेरै गीतकारहरूले गीतहरू काेरेका छन् । सबै भन्दा प्रचलित गीत इसिकावा सायुरीले गाएकि,  चुनारू खाइगान.....    नै हाे । बिशाल नीलाे समुद्र, ठूल्ठुला  अग्ला पानी जहाजहरू देखि ससाना माछा मार्ने डुंगाहरू पानीमा तैरी रहेका थिए । माछा मार्ने काम गर्नेहरू पनि देखिदैन थिए, शायद बिदा भएर हाेला । दिउँसाे बारबिक्यू गर्ने कार्यक्रम थिया । माछा मासु हरीया सागहरू, प्याज, भेडें खुर्सानी, र मेन डिस् मा नूडल्स फ्राइ (याकि साेवा) काे तर्जुमा गरेर अाएका थियाैं । फटाफट पाेल्ने तरखर गरी बियरका क्यानहरू खाेल्न थाल्याे ।

त्यसपछि हामी राेपवे चढ्नकाे लागि हिड्याैं । पहाडी बाटाे घुम्दै,  घना जंगलकाे भित्र कैयाैं पहाड र सुरूङहरू पार गर्दै माउण्ट हाक्काेडा पुग्याैं । सुकिला बाटाहरू र पहाडी बाटाेकाे छेउ पट्टी सबै ठाँउमा बलियाे फलामे सेताे रेलिङ लगाइएकाे अनगिन्ति घुम्तीहरूका दृष्यहरू मनमाेहक थिए । अाअाेमाेरी काे शाब्दिक अर्थ नीलाे जंगल हाे यसैकाे अाधारमा याे प्रान्तकाे नामाकरण गरीएकाे अनुमान जाे काेहिले पनि सहजै गर्न सक्थ्याे ।

हरीया घना जंगल केहि परबाट नियाल्दा नीला नीला देखिन्थे ।  माउण्ट हाक्काेडा काे नामकरण पनि यस्तै किसिमबाट भएकाे हुनुपर्छ । अाठअाेटा अग्ला अग्ला पहाडहरू लहरै लाइन लागेर बनेकाे भएर हाेला हाक्काेडा सान (अाठ वटा पहाड ) भनिएकाे । तीनै अाठअाेटा पहाड मध्येकाे एउटाकाे फेदीमा राेपवेकाे स्थापना गरीएकाे रहेछ ।

एक डिब्बामा सामान्य अबस्थामा  १०० जना यात्रुहरूले सरल प्रयाेग गर्न सक्ने ठूलाे अाकारकाे याे राेपवे चढेर  ३० मीनेट उक्लियाै । याे पहाडकाे रूप प्रत्येक चार ऋतुमा बिल्कुलै  भिन्न देखिने रहेछ । धेरै ठूलाे हिउँ परेकाे  खण्डमा राेपवे बन्द पनि हुन सक्दाे रहेछ भनेर एउटी सुन्दरी जसले हामीलाइ राेपवेकाे डिब्बा भित्र स्वागत गरेकी थिइन ले माइकमा भन्दै थिइन् । उनले हाक्काेडा सानकाे उँचाइ, अाैसत तापक्रम देखि सुरक्षा सम्बन्धिकाे सामान्य ज्ञान पनि दिदैं थिइन् । हाक्काेडाकेा टुप्पाेमा पुगेर हामी वरीपरी नियाल्न थाल्याै । ३६० डिग्री  जता हेेरे पनि ठूला साना पहाड मात्र देखिन्थ्याे । धेरै पर अाअाेमाेरी शहर र अर्काे पट्टि हाचिनाेहे शहर देखिन्थ्याे । रमाइला स्थानहरू  पहाडी दृष्यहरू हेर्दै हामी सबैजना फर्कियाै । अाजकाे साँझ भने घरमै हामी अाफै गीत गाउँदै रमाइलाे गर्ने निधाे गरेका थियाैं । हिजाे अाउँदा संगै लिएर अाएकाे मादल बजाएर सुर्य थुलुङ जीका गीतहरू संगै  गाउँने भनेर ।

  धेरै गीतहरू सबै मिलेर गाइयाे, तर पनि माछि मारन...ले चाहि धेरै प्राथमिकता पायाे । छिमेकीहरू २ ३ जना अाएर हामीलाइ बियर र स्न्याक्स्हरू ल्याएर हामीसंगै रमाइलाे गरी नाँचे पनि । मितज्यु पनि धेरै रमाइलाे गर्न रूचाउने भएकाेले जापानी छिमेकीहरू पनि वहाँंसंग धेरै नै प्रभावित भएर संगै नाँचे । राती अबेरसम्म गीत गाउँदै थिए साथिहरू म भने थकाइले हाेला कतिखेर निदाएछु थाहा पाउँदा बिहान सबै उठीसकेका थिए ।

मितज्यु चाहि अाइतबार कराँतेकाे ग्रेडिङ भएकाेले टाेकियाे फर्कने तयारीमा हुनुहुन्थ्याे । नास्ता सबैले खायाै र मीतज्युलाइ हाचिनाेहे स्टेशनमा पुर्याउने र अरू सबैजना त्यतैबाट टाेवाडा लेक र अाेइरासे नदी हेर्न जाने भयाै । सबैजना स्टेशनकाे प्लेटफर्मं  भित्रै गयाै । रेल अायाे सबैजनाले वहाँलाइ बिदाइ गरी सकेर पहाडी क्षेत्र तिर लाग्याै । बाटाेमा गाडी भित्र स्टेशनमा भएकाे त्याे एक दृष्यले भने मनमा एकदम काैतुहलता जगायाे । धेरै कुराहरू मन भित्र खेल्न थाले । कसैलाइ पनि नभनि बसे । शायद अरूले पनि मैले देखेकाे दृष्यलाइ नदेखेका नहाेलान् । कसैले पनि त्याे कुरा ननिकालेकाेले म पनि चुप रहिरहें । एउटा सानाे प्लास्टिककाे झाेला दीदिले मितज्युकाे हातमा राखिदिएर मन्द मुस्कान सहित हात हल्लाएकाे त्याे पल मेराे मन मस्तिष्कबाट हट्दै हटेन ।

गाडी अाफ्नै रफ्तारमा गुड्दै थियाे, सबै साथीहरू गफ गर्दै बाहिरी दृष्यावलाेकन गर्दै थिए । शहर हाेस् वा गाउँ बाटाघाटाहरू व्यबस्थित तवरबाट बनाइएका छन् । पहाडी बाटाेमा छेउपट्टि फलामे सेतेा रेलीङ हालेकाेले बाटाेकाे साैदर्य झनै राम्राे बढेकाे देखिन्छ । २ घण्टा जतिकाे ड्राइभ पछि एउटा डाँडाकाे टुप्पाे नजीकैकाे पार्किङ स्थलमा हाम्राे गाडि राेकियाे । सबैजना अाेर्लेर केहि सिंढीहरू चढ्दै उक्लिन थाल्याै । ५ मिनेट जति उक्लिए पछि हामी एउटा धेरै ठूलाे सालिककाे सामुन्य  पग्याै । बिशाल शालिककाे मुनि पट्टिकाे भागमा वरीपरी मानिसहरूकाे नाउँ कुँदिएकाे रहेछ । माथि पट्टिकाे हरफमा सन् १९३०काे दशकमा जापान र रूसकाे लडाँइ भएकाे रहेछ । त्यस बखत माैसमकाे पूर्वानुमान गल्ति भएकाे, लडाँइकाे तयारीमा रहेका  लाखाैंकाे संख्यामा  रहेका बीर सैनिकहरू साेहि स्थानमा रहेकाे सैनिक क्याम्पबाट भाग्न  नसक्दा हज्जाराैले शाहदात्  प्राप्त गरेका थिए भन्ने लेखिएकाे रहेछ ।अनि हामी सबै जना अाेइरासे खाेला तिर लाग्याै । सेताे कन्चन पानी, साना ठूला र फराकीला झरनाहरूकाे अावाज सुन्दै अबिरल  कलकल बगिरहेकाे नदीकाे वारी पारी गर्दै दुइ पहाडहरूकाे बीचबाट बग्दै गरेकाे अाेइरासे खाेलाकाे मुहान सम्म कहिले हिड्दै कहिले गाडिमा गुड्दै टाेवाडा तालमा पुग्याैं ।

बाटाेमा धेरै पर्यटक बसहरू र साना व्यतिगत गाडिहरूकाे लहर झै लाइनमा गुड्दै गरेकाे देखिन्थ्याे । नीलाे सफा पानीकाे बिशाल तालकाे वरीपरी साना ठूला पहाडहरू थिए, तालकाे पानी बगेर गएकाे भेलले अाेइरासे नदी श्रृजना भएकाे जस्ताे देखिन्थ्याे ।प्रति व्यक्ति ६ सय येनकाे टिकट काट्याै । सिट भने कुनै निश्चित थिएन अर्थात् जाे जहाँ बसे पनि हुन्थ्याे । ज्यादा घुइँचाे पनि थिएन । ४-५ तले पानी जहाजहरू फेरिकाे रूपमा चलाइएकाे रहेछ । हामी सबै जना त्यसमा चढेर तालकाे पल्लाे छेउसम्म जाने भयाै । हामी चडेर अाएकाे गाडीलाइ उनीहरूकाे मान्छेले नै पल्लाे स्थान (गन्तब्य) सम्म पुराइदिने व्यवस्था पनि रहेछ । माथिल्लाे तलाकाे बार्दलीमा हामी सबै बस्याै । गाइड सेवाकाे पनि व्यवस्था रहेछ । गन्तब्य, दूरी देखि तालकाे गहिराइ र क्षेत्रफलसम्मकाे सम्पूर्ण जानकारी दिएर एउटि सुन्दरी फलाक्दै थिइन् । देाश्राे विश्वयुद्दमा अमेरीकी लडाकु विमानलाइ यहि तालमा जापानी सैनिकहरूले झारेका पनि थिए रे । बीचमा बिपरीत दिशाबाट अाएकाे बिल्कुलै हामी चढेकाे जस्तै जहाज २ वटालाइ एक अापसमा हात हल्लाएर बिदा गर्दै, फाेटाेहरू खिच्दै, गफ गर्दै करीब डेढ घण्टा जतिकाे समय तालमा र एक घण्टा जति जहाजबाट अाेर्लेर सुन्दर पार्कमा बितायाैं । मलाइ चाहि बेला बेलामा हाचिनाेहे स्टेशनकाे बिहानकाे  त्याे दृष्यले घचघच्याइ रहेकाे थियाे । मनमा भए नभएका कुराहरू निरन्तर अाएरहेका थिए । मन एकाग्र हुन सकेकाे थिएन । याे महिना जापानकाे सबै भन्दा गर्मीकाे महिना हाे । हामी  सबैजना प्रकृति र वाताबरणसंग रमाउँदै टण्टलापुर घामले सेकेकाे अनुभव गर्न भुल्दै  थियाैं ।   जंगलकाे वरीपरी निक्कै चिसाे हावा चलिरहेकाे थियाे ।

घाम मधुराे जस्ताे भै सकेकाे थियाे । दिउँसाेकाे खाना धेरै ढीलाे नै  खाएकाेले हाेला सबै अलास तलास भए झैं देखिन्थे । अाजकाे यात्रा पूरा भएकाे कुरा हाम्रा साथी केन जीले जानकारी गराउनु भयाे। एकै पल्ट अाेचुकारेसामा देशिता (थकाइ लाग्याे हाेला) भन्दै  दीदिले घरमा स्वागत गर्दा झल्याँस्स ब्युँझेछु । बेलुकीकाे खाना पछि सबै जना केहि पर करीब ३० मीनेटकाे ड्राइभकाे दूरीमा रहेकाे अाेन्सेन ( सामुहिक ताताेपानीमा डुबेर नांगै नुहाृने ठाँउ ) मा गएर नुहाउन गयाै ।  दीपक र मेराे भने याे पहिलेा अनुभव थियाे । महिला र पुरूषकाे बेग्ला बेग्लै ढाेका रहेछ । हामी केटाहरू पनि अलि लाज मानि मानि सानाे रूमालले लाज छाेप्दै, एक अापसमा मुखामुख गर्दै, अनुहार राताे पारेर ताताे पानीकाे कुण्डमा डुब्न थाल्याै । हाचानाेहेकाे याे यात्रा एकदमै अविश्मरणीय हुन पुग्याे ।

भाेली पल्ट अाइतबार  बिहान नास्ता खाएपछि  दीपक, हरी र म  टाेकियाे फर्कने भयाै । फर्कन त अझै मन थिएन तर साेमबार देखि अफिसकाे काम सम्हाल्नु पर्ने थियाे । सुर्य थुलुङ र भाउजु चाहि अर्काे दुइदिन त्यहि बिताउने भए र फर्कदा उएनाे सान,  केन जी संगेै गाडी मै  टाेकियाे फर्कने भए । 

बिहान सबेरै स्टेशनमा धेरै भीड थियाे । अाेबाेन ( पितृ स्मरण ) काे बिदा सकिनै लागेकाेले हाेला । अाफ्नाे जन्मस्थान अाएका ठूलाे संख्याका  स्थानीयहरू यात्रुहरूले निक्कै घुँइचाे थियाे स्टेशनमा । हाचिनाेहे बाट माेरीअाेका सम्म लाेकल रेल मात्र थियाे । एक घण्टा जति लाग्थ्याे । उएनाे सान र उनकी दुइ छाेरीहरू र श्रीमान्/श्रीमती  सुर्य थुलुङ र अाेगाटा केन जीलाइ हाचिनाेहे स्टेशन मै छाेडेर दीपक थापा, हरी सुवेदी र म रेल चढेर माेरीअाेका स्टेशन तर्फ लाग्याैं । गेन्की दे ने (स्वस्थ रहनु है) भन्दै दीदिले मेराे हातमा पनि हिजाे मितज्यु संघरत्न महर्जनलाइ हातमा थमाएकाे जस्तै एउटा प्लास्टिककाे झाेला  थमाइदिन् । हामी हात हल्लाउदै बिदा भयाै । बस्नलाइ  निर्धारीत सिट खाेज्दै थियाैं, मेराे अाँखा दीपक र हरी जीकाे हातकाे मेराेजस्तै प्लास्टिककाे झाेलामा पर्न गयाे । सिट एकै लहरमा भएकाेले सबै जना अाअाफ्नाे व्याग सिटमाथीकाे तख्तामा राखेर गफ चुट्न थाल्याै । याे के हाेला भनेर सबैलाइ मनमनै कुरा नखेलेकाे चाहि हैन रहेछ । तीनै जनाले त्याे प्लास्टिककाे थैलाे खाेलेर हेर् याै । एउटा अाेच्या (हरीयाे चिसाे चिया ) र सानाे प्याकेटमा याकिसाेवा (फ्राइड नूडल्स) रहेछ । ए.... भन्ने भयाे र त्यतिकाे वास्ता नगरी अघिल्लाे सिटकाे पछाडि रहेकाे झुण्याउने ठाउँमा अड्काएर राख्याैं । यात्रामा भएकाे रमाइला पलहरू सम्झदै फेरी कुराकानी गर्न थाल्याै । दीदिसंग धेरै अाँखा जुधे देखि जापानी साके (स्थानिय रक्सी) काे नशासम्मका कुराहरू हाँस्दै हाँस्दै गर्दै थियाै, हाम्राे अाेर्लने र रेल चेन्ज गर्ने समय भएछ । माेरीअाेका बाट टाेकियाेसम्म द्रुत गतिकाे रेल अर्थात् बुलेट ट्रेन (Shinkansen) चढ्नु पर्थ्याे । Shinkansen भित्र अाफ्नाे निश्चित सिटमा बस्याै । यसमा भने ३ जनाकाे सिट पनि रहेछ । अर्काे पट्टी २ जनाकाे सिट थियाे । हामीले हाचिनाेहे देखि माेरीअाेकासम्म चढेकाे रेल भन्दा केहि ठूलाे, नयाँ अनि धेरै सफा थियाे  Shinkansen पनि । अन्य स्थानीय रेल भन्दा धेरै तीब्र गतिमा दाैडेकाे Shinkansen यात्रुहरूले खचाखच भरीएकाे थियाे ।अत्यधिक गति २५० देखि ३०० किलाे मीटर प्रतिघण्टा काे गतिमा दाैडने याे बुलेट ट्रेनमा यस्ता लामाे बिदामा उभिएरै यात्रा गर्नेहरू पनि प्रसस्तै हुने रहेछन् । केहिबेर पछि पेटमा मुसा दाैडन थाल्याे । हरी जीले याकिशाेवा (फ्राइड नूडल्स) सम्झाउनु भयाे तीनै जनाले याकिशाेवा (फ्राइड नूडल्स) खान थाल्याै । बजारमा पाइने भन्दा धेरै मीठाे लाग्याे । हिजाे देखि  मनमा खेली रहेकाे जुन कुरा थियाे, अाज भर्खर शान्त भयाे । हामीले त खानेकुराकाे यादै गरेका थिएनाै । बाटाेमा भाेकलाग्ने कुरा साेचेका पनि थिएनैा । कस्ताे मीठाे स्वाद जिब्राे मे झुण्डिने । दीदिले माया गरेर सम्झेर बनाइ दिएकाेमा मनमनै   धेरै धन्यवाद दियाै । पापी मनले साेचेका अन्यथा सबै बिर्सिए मैले । द्रुत गतिकाे रेल (Shinkansen) भित्र प्लेनमा जस्तै गाेरी,  राम्री, मीठाे मुस्कान सहितका पारीचारीकाहरू पनि रहेछन्, खाना र ड्रिंक्स् हरू बेच्न ल्याउनै थिए । बाहिर पाइने मूल्य भन्दा केहि महंगाे थियाे । एक एक बियरकाे क्यान किनेर चुस्कि लगाउँदै टाेकियाे तर्फ लाग्याै । मानिसमा यस्ता यात्राहरूले मन प्रफुल्ल र शान्त पार्छ अनि शरीरमा एक किसिमकाे नयाँ उर्जा पैदा गर्दाे रहेछ । धन्यवाद उएनाे सान, दीदि र अाेगाटा केन सान ।

 

 

To be informed of the latest articles, subscribe: