कीर्तिपुर

Published on by Shankar Thapa

गत वर्ष अर्थात २०१९ डिसेम्बरको अन्तिम साता चीनको वुहान शहरमा एउटा मासु बजारबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले विश्व महामारीको रुप लिएको छ । यो भाइरस अहिले विश्वका २१५ देशमा फैलिएको विभिन्न तथ्याङ्कहरुमा देखाएको छ । यो भाइरसबाट सबै भन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिका बनेको छ । त्यसपछि ब्राजिल, रुस, युरोपियन मुलुकहरुः स्पेन, इटाली, बेलायत पनि निकै प्रभावित भएका छन् । यहाँ लाखौँ मासिन संक्रमित भएका छन् भने हजारौँले ज्यान गुमाएका छन् ।

 

नेपालकाे इतिहासमा वीर याेद्धाहरूकाे नगर भनेर चीनिने शहर कीर्तिपुरमा देशका विभिन्न स्थानबाट अाएर अनेकाे धन्दा गरी बस्ने नेपालीहरू छन् । यसका अलावा भारतीय कामदारहरू पनि पर्याप्त संख्यामा देखिन्छन् । देशका श्रमीकहरूमा एउटा कहावत प्रचलनमा छ । कीर्तिपुर गयाे भने केहि न केहि हुन्छ । हुन पनि कामकाे खाेजिमा अाउने नेपालीहरू बस्ने क्षेत्र लगभग निश्चित जस्ताे नै छ काठमाडाैंमा । नेपालका पुर्वेलीहरू बानेश्वर, जडिबुटी, बालकुमारी  क्षेत्रमा भाडामा बसेका हुन्छन् । सिन्धुपाल्चाेक तिरकाकाे बसाइ बाैद्ध, चाबहिल, कपन, धुम्बाराही क्षेत्र तिर अनि नुवाकाेट, त्रिसुली, रसुवाका नेपालीहरू काठमाडाैैंंकाे बालाजु, नयाँबजार, टाेखा क्षेत्र तिर र नेपालकाे पश्चिमेलीहरू पाःय कलंकि, कालिमाटी,  मरू, पकनाजाेल  क्षेत्र तिर बसाेबास गरेका देखिन्छन् । तर कीर्तिपुर मात्र एउटा त्यस्ताे शहर हाे जहाँ देशका विभिन्न भूभागका बिद्यार्थीहरू देखि साधारण मानिसहरू सरल रूपमा बसाेबास गरी रहेका हुन्छन् । यहाँ कुनै न कुनै उपायबाट भए पनि जीविकाेपार्जन हुन्छ । पढेकाहरूले घरघरमा गएर ट्युसन पढाएर हाेस् वा साधारण रेष्टुरेण्ट देखि पसल खाेलि बन्द व्यापार गरेरै पिन यहाँ जीवन निर्वाहकाे धेरै उपायहरू भेटिन्छन् । घर भाडा सस्ताे र खानपान सरल सुलभ हुनु नै सबैका लागि कीर्तिपुर राेजिएकाे शहर बननूकाे एउटा प्रमुख कारण पनि हाे । 

जागीर गएर अात्महत्या गर्नेहरू देखि, राेगले लामाे समयसम्म थलिएर बस्नु पर्दा भावनात्मक कुण्ठाले अात्महत्या गर्नेहरू याे लकडाउन अवधीमा धेरै देखियाे ।

विभिन्न संघसंस्थाले निःशुल्क खाना खुवाए, राहत वितरण गरे । हुँदा खाने र नहुँदा भाेकै सुत्ने श्रमजीवी मध्येमा  सुर्यबहादुर तामाङ पनि पर्दछन् । जिन्दगीमा श्रम गरेर स्वाभिमानि जिएर बस्ने अठाेट भएका सुर्य बहादुरले कहिल्यै मागेर बसेनन् । पाटिमा नाम्लाेकाे सिरानी हालेर सुत्ने उनले कसैसामु शीर झुकाएनन् । 

तर अन्तिम अवस्थामा कीर्तिपुरमा सबै भन्दा घनी  मै हुँ भन्ने धनाड्य देखि हुनेखानेहरू कसैले पनि एक स्वभिमानी श्रमीककाे बारेम साेचेनन् ।  

To be informed of the latest articles, subscribe:
Comment on this post