मंगल र जनसेवाकाे हातमा खाे खाे उपाधी

Published on by लाेक दर्शन अनलाइन

 

२०७६ साल माघ ४ गते कीर्तिपुर स्थित कभर्डहलमा भै रहेकाे उपत्यका व्यापी खाे खाे प्रतियाेगिताकाे चाैथाे संस्करण २०७६ काे अन्तिम खेल सम्पन्न भयाे । यस संस्करणमा मंगल मा. बि. ले एशियाली तारापुन्ज स्कूललाइ हराउँदै छात्रा तर्फकाे उपाधी जित्न सफल भएकाे छ भने छात्र तर्फ डिफेण्डिङ च्याम्पियन जनसेवा मा.बि.ले कुमुदिनी स्कूललाइ हराउँदै अाफ्नाे उपाधीकाे रक्षा गर्दै दाेश्राे पटक पनि च्याम्पियन बन्न सफल भएकाे छ ।

 

विजेता खेलाडीहरूलाइ प्रमुख अतिथि  कीर्तिपुर नगर पालिकाका प्रमुख रमेश महर्जनले ट्रफी तथा मेडल वितरण गर्नु भयाे । साे खाे खाे प्रतियाेगिताकाे अन्य अतिथीहरू नेपाल खाे खाे संघका उपाध्यक्ष प्रदिप महर्जन, महा सचिब सानुराजा शाक्य, सदश्य शंकर महर्जन, उज्ज्वल शिशु निकेतनका प्रिन्सिपल दिलमान महर्जन, एशियाली तारापुन्जका प्रिन्सिपल हरेराम अधिकारी र ललितपुर खाे खाे संघका अध्यक्ष शुशिल व्यन्जनकारकाे समुपस्थिति रहेकाे थियाे ।

साेहि दिन भएकाे छात्रा हरूकाे फाइनल खेलमा मंगल मा. बि. ले टस जितेर रनर राेजेका थिए । पहिलाे इनिङ्गमा चेजिङ गरेकाे एशियाली तारापुन्जले निर्धारीत ७ मिनेटमा १ अंक मात्र हासिल गरेकाे थियाे भने मंगल मा. बि. ले दाेश्राे पारी खेल्दै निर्धारीत समयमा ३ अंक हासिल गर्दै बिपक्षिलाइ चुनाैति प्रदान गरेका थियाे । साेहि खेलकाे तेश्राे पारीमा एशियाली तारापुन्जले मुश्किलले २ अंक हासिल गरी बराबरीमा पुर् याएका थिए । तर अन्तिम पारीमा भने एशियाली तारापुन्जले प्रस्तुत गरेकाे ४ अंककाे लक्ष्यलाइ मंगल मा. बि. ले निर्धारीत  समय २ मिनेट बाँकि छँदै २ खेलाडी अाउट गरी कूल ५ अंक जाेड्दै जीत हासिल गर्दै ट्रफी हात पारेकाे थियाे । साे प्रतिस्पर्धात्मक खेलमा मंगल मा. बि. का लागि सबिता तामाङले २ अंक जाेडिन् भने अनिशा गाेलेले सर्वाधिक ५ मिनेट खेलेर अाफनाे जीत निश्चित बनाएकी थिइन् । यसै गरी एशियाली तारापुन्ज की प्रसंशा नगरकाेटिले अाफ्नाे टीमका लागि २ अंक हासिल गर्न मैदानमा ५ मिनेट टिकेकी थिइन् ।

 

छात्र तर्फकाे खेलमा डिफेन्डिङ्ग च्याम्पियन जनसेवा मा. बि. ले कुमुदिनी स्कूललाइ सहज रूपमा १ इनिङ्ग खेल्न बाँकि छँदै ११ ६ काे फराकिलाे अन्तरले जित हासिल गरी उपाधी रक्षा गरेकाे थियाे । टस जितेर रनर छनाेट गरेकाे कुमुदिनी स्कूल समक्ष जनसेवा मा. बि. ले निर्धारीत समयमा १0 अंक हासिल गर्दै पहिलाे पारी मै ११ अंककाे लक्ष्य प्रस्तुत गरेकाे थियाे । बदलामा दाेश्राे पारीमा कुमुदिनी स्कूलले निर्धारीत ७ मिनेटकाे समयमा केबल ३ अंक मात्र जाेडेकाे थियाे । दाेश्राे इनिङ्गमा फलाे अन पाएकाे कुमुदिनी स्कूलले तेश्राे पारीमा पनि ३ अंक मात्र प्राप्त गर्न सकेकाे थियाे । निर्धारीत दुइ पारीमा पनि १२ अंककाे लक्ष्यलाइ पछ्याउन नसके  पछि जनसेवा मा. बि. ले खेलकाे अन्तिम पारी खेल्नै नपर्ने गरी  ११ ६ अंककाे अन्तरले फराकिलाे र सरल जीत हासिल गर्दै अाफ्नाे  उपाधिकाे रक्षा गरेकाे थियाे ।

प्रतियाेगितामा प्रथम हुनेलाइ नगद रू ७०००, दाेश्राे हुनेलाइ नगद रू ५००० र तेश्राे हुनेलाइ नगद रू ३०००  काे पुरस्कारकाे व्यवस्था गरीएकाे थियाे । यसरी उपत्यका व्यापी खाे खाे प्रतियाेगितामा उपत्यकाकाे दक्षिण भेगका स्कूलहरूकाे बर्चश्व रहनुमा प्रमुख श्रेय नेपाल खाे खाे संघका बर्तमान उपाध्यक्ष तथा वरीष्ठ प्रशिक्षक प्रदिप महर्जन ज्युकाे अमुल्य याेगदानलाइ बिर्सन सकिदैन ।

मंगल र जनसेवाकाे हातमा खाे खाे उपाधी
मंगल र जनसेवाकाे हातमा खाे खाे उपाधीमंगल र जनसेवाकाे हातमा खाे खाे उपाधीमंगल र जनसेवाकाे हातमा खाे खाे उपाधी
To be informed of the latest articles, subscribe:
Comment on this post
S
Buy Headphones at Cheapest Price with Amazing Quality<br /> https://seventysevenstyle.com/collections/wireless-products/products/nia-q7-bluetooth-headphones-nia-q7-bluethhto-with-mic-in-put-stereo-headphones
Reply