नीला थापा राइ र पूर्बेली गीत

Published on by Shankar Thapa

नेपाली संगीतमा भाैगाेलिकताकाे भिन्दै प्रभाव रहेकाे छ । पूर्ब, पश्चिम, उत्तर र दक्षिण चारै दिशामा गीतहरू केहि पृथक सुनिनु अाफ्नै माैलिकता र संस्कृतिकाे याेगदान रहेकाे हुनु पर्छ । सुदुर पश्चिमका देउडा,  पूर्बेली गीतहरूकाे अाफ्नै पहिचान  छ । प्रायः ढाेलक बजाएर गाइने यी गीतहरूमा छुट्टै किसिमकाे मेलाेडि रहेकाे हुन्छ । यसरी पूर्वेली गीत गाउने मध्येकी एक हुन् नीला थापा राइ ।  सूदुर पूर्वकाे झापा, दुधेमा जन्मिनु भएकि ।

 

सानै उमेर देखि गीत गाउन अघि सर्ने नीला थापा राइले धेरै सांगितिक कार्यक्रमहरूमा अाफ्नाे छुट्टै पहिचान बनाइसक्नु भएकाे थियाे । तत्कालिन समयमा गीतहरू गाएर रेकर्ड गर्ने त्यति सरल र सजिलाे कार्य भने पक्कै थिएन । अार्थिक रूपमा पनि निक्कै खर्च लाग्ने भएकाेले सहज रूपमा उत्पादन गर्न र बिक्री गरेर अाम्दानी गर्ने कुरा त झन् साेच्न पनि नसकिने थियाे । तैपनि वहाँले अाफ्नाे इच्छालाइ मर्न दिनु भएन । नितान्त एक्लै अरूणा लामा, तारादेवी, मीरा राणा अादी अग्रज गायिकाहरूकाे गीतमा नियमित रीयाजका भरमा वहाँले  २०५० सालमा रेडियाे नेपालकाे स्वर परीक्षा उतिर्ण गर्नु भयाे । 

 

न्याउलीकाे रूवाइ गीत नै वहाँले गाउनु भएकाे पहिलेा गीत जुन रेकर्ड भै श्राेता सामु रेडियाे नेपालले ल्याइदियाे । त्यसपछि वहाँलाइ अाफ्नाे गायकीमा झनै परीपक्वता अाएकाे महसुस भयाे । गीत गाउने तथा रेकर्ड गराउने तत्परताले पनि गति लियाे । वहाँले अाफ्नै लगानीमा केहि गीती एल्बमहरू निकाल्नु भयाे । ती गीतहरूले बजार नजमाएका त हैनन् तर पर्याप्त कमाइकाे सफलता चाहि नमिलेकै हाे । अनि तीनै गीतहरूलाइ समेटेर अलमलिएकाे प्रतिभा नामकाे लाेक गीतहरूकाे एल्बमले बजारमा  प्रवेश पायाे ।

जुन वहाँले विवाह पश्चात अाफ्ना श्रीमान् गायक तथा रचनाकार मणिराम राइकाे संयाेजनमा पस्कनु भयाे ।  त्यसपछि लगातार अाउ है साहिला, पूर्वैकाे पशुपति,धेरै चाेटि मन थामे, पूर्वैमा राम्राे जस्ता गीत एल्बमहरूले वहाँले अाफूलाइ पनि नेपाली लाेकगीत कि एक स्थापित कलाकारकाे रूपमा ठड्याइसक्नु भएकाे छ ।

यसक्रममा वहाँकाे स्वरले धेरै वटा पुरस्कारहरू प्राप्त गर्न ससफल भैसकेकाे थियाे । २०६० सालमा झापामा अायाेजित राष्ट्रिय लाेकगीत प्रतियाेगीतामा प्रथम स्थान, २०७० सालमा उदयपुरमा एकल साँझ, २०७१ सालमा काठमाडाैंमा पनि एकल साँझकाे यात्रा तय गरीसक्नु भएकाे थियाे । उदयपूरकाे एक एफ् एम् मा कार्यक्रम चलाउदा चलाउदै वहाँले अाफ्नाे पेशालाइ  लत्याएर काठमाडाैंकाे बसाइलाइ राेज्नु भयाे । 

लाेक गीतका अलावा अाधुनिक गितहरू पनि वहाँकाे अत्यन्तै मीठासपूर्ण छन् । अाफ्नाे स्वरकाे जादु देखाउँदै वहाँले  भरखरै बरिष्ठ गीतकार शंकर प्रेरणाका शब्द अनि रेडियाे नेपालकाे उत्कृष्ट संगीतकार (२०७६) बलराम समालकाे संगीतमा जीन्दगीकाे स्वाद र प्रणयकाे प्रस्ताव २ वटा गीत गाउनु भएकाे छ । प्रणयकाे प्रस्तावमा भने  वहाँलाइ स्वरमा बलराम समाल जीले पनि सघाउनु भयकाे छ । 

 

नीला थापा राइ र पूर्बेली गीतनीला थापा राइ र पूर्बेली गीत
नीला थापा राइ र पूर्बेली गीतनीला थापा राइ र पूर्बेली गीत
To be informed of the latest articles, subscribe:
Comment on this post