रबि, वीर र महान

Published on by Shankar Thapa

सिधाकुरा जनतासंगमा मात्र देखिइने रबि लामिछाने सामाजिक सन्जाल भरीछाइ रहँदा स्वतन्त्र रूपमा अाफ्ना बिचारहरू राख्न मन लागेकाेले केहि नलेखि रहन सकिएन । रबिलाइ म रेडियाे नेपालमा कार्यरत रहँदाकाे समय देखि राम्रैसंग चिन्दछु । अरूकाे नितान्त व्यक्तिगत कुराे हाे, कानूनी रूपमा त लेख्न नमिल्ने हाे तर रबि सेलेब्रिटि भएकाेले उनका बारेमा लेख्न सकिने प्रावधान पनि छ । दुबै पक्षका अाधिकारिक स्टाटसहरू पनि पढे, धेरैका धेरै धारणाहरू पनि पढे, सुने । बिछाेडकाे बिउ दुबै तर्फकाे असमझदारी नै हाे । निचाेडमा भन्नु पर्दा रबि लामिछाने नेपालकाे पत्रकारीताकाे जगतमा अति नै चर्चित भै छाेटाे अवधि मै ख्याति कमाउनु र एकाघर की श्रीमति, जसलाइ एउटै रथकाे पांग्राकाे उपमा दिइन्छ ले अाफ्नाे परीचय खाेज्दै हिड्नु पर्ने स्थितिकाे मनाेकुण्ठा नै हाे । अर्काे कुरा तिसाैं बर्षसम्मकाे पत्रकारीता धन्दा पनि पहेलाें मात्र भएका केहि प्रतिष्ठीत पत्रुकारहरू, जसलाइ रबि लामिछानेकाे प्रगती र चुरीफूरी पटक्कै मन परेकाे थिएन ले खाेजेका खुट्टा तान्ने खेलकाे अन्तिम खेल मात्र हाे । हार र जित भै हाल्याे । रिजल्ट भबिष्यले बताउनेेछ ।

सम्पति, जायजेत्थाका अलावा अमेरिकामा बस्ने अपार्टमेन्टकाे किस्ता, छाेरीहरूकाे सम्पूर्ण खर्च र अाफ्नाे खर्च समेत कुम्ल्याँउदा पनि नपुगेर याे नाटक मन्चन गर्ने ती महान नारीलाइ रबि प्रति अलिकति पनि दया हुँदाे हाे त मिडियामा याे कुरा छताछुल्ल हुँदैन थियाे हाेला । अदालतमा न्यायधिशले तपाइसंग अब बाँकि के नै छ भनेर साेध्दा ै श्रीमान् म जिउँदै छु ै भनेर जबाफ दिँदा तिनकाे मन पत्थरकाे भै सकेकाे थियाे हाेला । अार्थिक र भाैतिक रूपमा नाङ्गै पारि सकेपछि अब रबिकाे नामकाे टाटु देखाउनमा उनले अाफैमा कुन महानता देखिन् हाेला ? साँच्चै मिडियामा भाइरल हुनै मन लागेकाे भए धेरै तैार तरीकाहरू पनि छन् ।

अब रबिलाइ सडकैमा ल्याँउछु भनेर न्वारन देखि कै बल लगाउनेहरू अाफ्नाे सफलतामा सन्तुष्टिका गाँस निलिरहेका हाेलान् । झिना मसिना पत्रुकारहरूका उक्साहटमा लागेर उनीहरू कै बुँइ चढ्दै म रबि लामिछानेकाे भुतपूर्व श्रीमती भनेर अार ट्याटु देखाँउदै हिड्नेले पनि गर्वले गहिराे स्वास फेर्दै गह्रुँगाे कदम चालुन् । तर रबि वीर हाे, त्याे चाैडा छातिमा मडारीएकाे क्षणिक कालाे बादलले नेपालकाे एक सच्चा सपूतकाे महानतामा कुनै अाँच अाउने छैन । शहर पसेकाे हात्तिलाइ देखेर भुस्याहा कुकूरहरू भुक्ने गर्छन्, बढ रबि बढ, तिमीले हिम्मत हार्नु हुन्न ।

To be informed of the latest articles, subscribe:
Comment on this post
T
Watch Tamil Serials And Tamil Tv Shows Online, Serial Reviews. Cool Collection of Tamil Tv Serials & tamilseries.
Reply