बसन्त खड्काकाे घुम्टाे

Published on by लाेक दर्शन अनलाइन

नेपाली सांगीतिक क्षेत्रमा अाफ्नाे अमीट छाप छाड्न सफल भै सकेका, एक जमानाका अति नै लाेकप्रिय गायक बसन्त खड्का दाेश्राे इनिङमा अमेरीकाबाट अम्बर गुरूङकाे संगीतमा राजमार्ग र डा.ऋषि बस्ताकाेटीकाे रचना र अाफ्नै संगीतमा संगसंगै काे पूर्ण सफलता पछि पुनः घुम्टाे लिएर बजारमा प्रवेश गरेका छन् ।

अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो युट्युब च्यानल कन्चन म्युजिक इन्टरटेनमेन्ट मार्फत प्रतिष्ठीत गीतकार रत्न शमशेर थापाको रचना र अाफ्नै  संगीतमा,  बसन्त खड्का र सुनिता दुलालको युगल स्वर रहेको कर्णप्रिय गीत सार्वजनिक गरेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरेका हुन् । 

 

अाफ्नाे सांगितीक दाैडानमा  सुक्मीत गुरूड देखि अन्य धेरै गायिकाहरूसंग युगल गीत गाइसकेका बसन्त खड्काले यसपटक भने नेपाली लाेक संगीतमा छुट्टै पहिचान बनाएकी गायिका सुनिता दुलालसंग बहुतै कुशलताका साथ प्रस्तुत भएका छन्  ।

अाशा छ दर्शकहरूले वहाँका विगतका गीतहरू झै याे घुम्टाेलाइ पनि मन पराइदिनु हुनेछ र पक्कै पनि घुम्टाेले बसन्त खड्कालाइ फेरी एक अर्काे संगीतिक उचाइ दिनेछ ।

 

To be informed of the latest articles, subscribe:
Comment on this post