राहत मागदावी र कीर्तिपुर

Published on by लाेक दर्शन अनलाइन

विश्वमा महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे काेभिड १९ ले नेपाल पनि अछुताे रहन सकेन । काठमाडाैं लगायत अन्य सहरहरूमा यसकाे संक्रमण देखिन थाले पछि ढिलै भए पनि सरकारले लकडाउन घाेषणा गरेर संक्रमण फैलिनबाट जाेगाउन सफल भएकै हाे । राम्राे कामकाे प्रसंशा पनि खुलेरै गरीनु पर्छ । यसै माैकामा जिम्मेवार पदमा रहेका मन्त्री देखि उनका अासेपासेले भ्रष्टाचार गर्ने राम्राे माैकाकाे भेटेका छन् । अनेकाै जालझेल गरेरै भएपनि कुष्त कमाउने दाउमा रहिरहने त्यस्ता मन्त्रीहरूका भराैटेहरू पनि  कीर्तिपुर क्षेत्रमा माैकामा चाैका हान्ने काेशिसमा जुर्मुराउनु अस्वाभाविक हैन । देश कै पहिलाे विश्व विद्यालय रहेकाे स्थान कीर्तिपुरमा पनि तिनका छाैडाहरूकाे रवैया  विभिन्न  मिडियाहरूमा देखिदै अाएका छन् ।  

 

कीर्तिपुरमा पनि यस्तै प्रकारकाे एउटा घटना हाल मिडियामा छताछुल्ल भएकाे छ ।  कीर्तिपुर क्षेत्रमा सरल र सस्ताेमा बसाेबास गर्दै उच्च शिक्षा हासिल गर्न अाएका बिद्यार्थीहरू देशका विभिन्न क्षेत्रका हुने खाने र सम्पन्न बर्गहरूका छाेरा छाेरी नै हुन् । यस्ता लकडाउनले उनीहरूलाइ न कुनै अार्थिक न त मानसिक असर  नै पार्दछ । हुन सक्छ घरबाट खाद्यान्न अाउन कठीन भयाे हाेला तर अार्थिक समस्या भने उनीहरूलाइ पटक्कै हुँदैन । 

स्थानीय सरकारले  गरीब, निमुखा तथा दैनिक राेजगारी गरी परीवार पालेर बसेका कामदारहरूलाइ दिन थालेकाे राहतमा अाफ्नाे मागदावी गर्दै रडाकाे मच्चाएर लकडाउनकाे उलंधन गर्दै राजनैतिक पहुँचताका अाधारमा स्थानीय सरकारलाइ  भिड देखाइ  अनैतिक दबाव दिन खाेज्नु पक्कै पनि न्यायसंगत हैन । कीर्तिपुरमा बस्ने बिद्यार्थीहरू मध्ये धेरैजसाे कुनै सरकारी सेवामा अावद्द र केहि मासिक तलब बुझ्ने प्राइभेट कम्पनीहरूमा काम गर्दै कीर्तिपुर बाहेकका कलेजहरूमा उच्च शिक्षा अध्ययनरत छन् । जिविकाेपार्जन गर्ने अन्य केहि उपाय नलागेर खानै नपुग्ने भए, राहतकाे मागदावी गर्नु जाे कसैकाे लागि पनि नराम्राे कुरा हैन । तर अार्थिक रूपमा सम्पन्न हुँदा हुँदै र स्थानीय बजारमा प्रसस्त खाद्यान्न बिक्री  बितरण भैरहँदा  पनि कुनै पार्टीकाे झाेला बाेकेकै अाधारमा जुनसुकै दाताबाट अाएकाे भएपनि खाद्यान्न जाेहाे गरी थुपारेर राख्नु भनेकाे एक प्रकारकाे चाेरी र ठगी जस्तै अपराध पनि हाे । याे झाेले र चाटुकार प्रवृति हाे । यस्ता अपराधिक घटनाहरूलाइ अतिरंजित पारी मिडियामा वक्तव्य बाजि गर्नु दुइ काैडिका अनलाइन र युट्युबेहरूकाे कमाइ खाने भाँडाे हाे । 

त्यसैले  याे विषम परिस्थितिमा पनि कठीनताका साथ काम गरी रहेकाे स्थानीय सरकारकाे कर्तव्यमा बाधा पुर् याइ  अनैतिक दबाब दिइ, स्थानीय बासिन्दाहरूलाइ गाली गल्लाैज गरी शान्ति भाँड्न खाेज्नेहरू राजनैतिक पिछलग्गुहरूका भराैटेहरूकाे काम हाे भन्नुमा कुनै अत्युक्ति नहाेला । 

 

To be informed of the latest articles, subscribe:
Comment on this post